मेष: धार्मिक तथा शैक्षिक यात्रा हुन सक्छ। व्यापार, लगानी र प्रेममा दिन सुखद रहनेछ।
वृष: व्यापारमा घाटा र प्रेममा मनमुटाव हुन सक्छ। स्वास्थ्य तथा पढाइमा विशेष ध्यान दिनुहोस्।
मिथुन: पारिवारिक खुसीसँगै व्यापारमा लाभ मिल्नेछ। अध्ययन र सामाजिक क्षेत्रमा सफलता हात लाग्नेछ।
कर्कट: साहसले काममा सफलता दिलाउनेछ। ऋण तिर्न सकिनेछ भने लगानीबाट पनि लाभ मिल्नेछ।
सिंह: परिवारको प्रगतिले मन खुसी हुनेछ। उपहार, यात्रा र शुभ समारोहमा सहभागी हुने अवसर मिल्नेछ।
कन्या: घरजग्गा तथा सवारी कारोबारबाट लाभ मिल्नेछ। प्रेममा खुसी मिल्नेछ, तर अध्ययनमा मेहनत आवश्यक छ।
तुला: व्यापार तथा उद्योगमा लाभ हुनेछ। अध्ययन, खेलकुद र लेखनमा सफलता मिल्नेछ।
वृश्चिक: रोकिएका काम अघि बढ्नेछन्। व्यापारमा लाभ र प्रेममा खुसी मिल्ने योग छ।
धनु: नयाँ कामबाट आर्थिक लाभ मिल्नेछ। अध्ययन, व्यापार र प्रेममा दिन उत्साहजनक रहनेछ।
मकर: स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यापारमा अपेक्षित आम्दानी नहुन सक्छ, तर विदेशसम्बन्धी कामबाट लाभ मिल्नेछ।
कुम्भ: आम्दानी बढ्नेछ। शिक्षा तथा औषधिजन्य व्यवसायमा लाभ मिल्नेछ भने प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ।
मीन: पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिको सहयोगमा काम बन्नेछ भने अध्ययन र व्यापारमा सफलता मिल्नेछ।
तपाईंको दिन शुभ रहोस्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।