काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि बसमा आगलागी भएको घटनामा चालक आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
बा ५ ख ४२७४ नम्बरको बसमा आगो लाग्दा चालक बसभित्रै रहेका थिए । उनी बाहिर ननिस्किएकाले चालकबाटै आगजनी भएको हुनसक्ने आशंका गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्मको अनुसन्धानबाट चालकबाटै आगजनी भएको देखिएको बताए । बस चालक काभ्रेका २५ वर्षीय दावा लामा हुन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।
प्रहरीले आगजनीको यकिन कारण खुल्न बाँकी रहेको जनाएको छ । ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले आगो लगाएको हुनसक्ने आशंका गरिए पनि यसबारे अनुसन्धान जारी छ ।
सशस्त्र प्रहरीको टोलीले दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।