मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आज पनि वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

आज पनि वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

मेगा खबर संवाददाता

५, आश्विन २०८३
  • 244
    SHARES

  • आज पनि वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

    काठमाडौं, देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ ।

    हाल कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका हिमाली र पहाडी क्षेत्रमा बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि सामान्य बदली हुँदा मधेसमा आंशिक बदली छ ।

    कोशी र बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सोमबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्नेछ ।

    मौसम महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सोमवार, आश्विन ५ २०८३०६:५८:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार