जानीजानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई ‘आत्महत्या’ भनिन्छ । आफ्नो समस्याप्रति पुर्ण रुपले असहाय र निराश भएर जिउनुभन्दा मर्नु सबभन्दा उचित समाधान ठानि आत्महत्या गर्ने गरिन्छ । आत्महत्या अत्यन्तै जटिल, मनोवैज्ञानिक, एवं सामाजिक दुर्घटना हो ।
आफू वरिपरिको वातावरण जब सहि लाग्न छोड्छ त्यसपछि मानिसमा विरक्ती छाउने गर्छ, जिवनको कुनै कुनै मोडमा आत्महत्या गरुँ कि के हो भन्ने सोच आउँछ भनिन्छ मानिस न हो सोचहरु अनेक आउँछन कहिलेकाहीँ त्यसैपनि जिन्दगी बिर्सन गरुँ गरुँ जस्तो हुन्छ , सम्हाल्ने त आफुले आफैंलाई नै हो । आफुले आफुलाई सम्हाल्नु पनि जिन्दगीमा ठुलो कुरा हो , मानिसमा धेरै कुरामा असमानता भए पनि बाँच्न चाहने कुरामा प्राय समानता नै देखिन्छ , हरेक मान्छे सकेसम्म जिन्दगीको अन्तिम सास फेर्दा सम्म बाँच्न चाहन्छ , वृद्ध अवस्था हुँदै गएपछी बाँच्ने चाहना झन् बढ्छ भनेको सुनिन्छ , आत्महत्या आम कुरा भने होइन ।
आत्महत्या गर्नेले त गर्छ तर परिवार आफन्तहरुलाई ठूलो चोट पर्न जान्छ । परिवारजनलाई अचानक छागाँबाट खसेझै अनुभव गराउँछ । प्राकृतिक मृत्युको तुलनामा यस्ता मृत्युवाट परिवारजनमा निकै मानसिक यातना, पीडा, हिनताबोध, आत्मग्लानी, अविश्वास, अन्योल, शोक् डर, चिन्ता जस्ता अनेकौं भावना उथलपुथल हुने गरि महसुस गर्दछन ।
यदि मानिसको मृत्यु नहुँदो हो त मानव बस्ति कस्तो हुने थियो होला ? अनुमान मात्र गर्न सकिन्छ , मृत्युविनाको जीवन कल्पना मात्र गर्दा पनि कुरुप बस्ति आँखा अगाडि आउँछ । मैले एकदिन मर्नुपर्छ भन्ने जानकारि हुँदा त मानिसहरुबिच तछाड मछाड यस्तो छ मर्नै नपर्ने भए त झन् के हुन्थ्यो होला ? हरेक मानिसको जिवनमा मृत्यु अपरिहार्य छ त्यसैले मृत्युलाई अन्तिम सत्य भन्ने गरिन्छ , अघिपछिको कुरा मात्र हो मृत्युले कसैलाई छोड्दैन मृत्यु निश्चित हुँदाहुँदै पनि कहिले हुन्छ भन्ने अनिश्चित भएकाले जिउँदो जाग्दो अवस्थामै मरूँ भन्ने सोच राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ ।
विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ । संसार हिजो पनि सुन्दर थियो आज पनि सुन्दर छ र भोलि पनि सुन्दर रहने छ मात्र जिवनको घटनाक्रमले यो सुन्दर सन्सारमा तुवाँलो लागेको जस्तो मात्र भएको हो , धैर्य गरियो भने एक दिन तुवाँलो फाट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ , जीवन रहे आफुले गरेको सबै गल्तीको प्रायस्चित गर्न सकिन्छ। तर, आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमुल्य जीवन त्याग्ने भुललाई प्रायस्चित गर्न मौका समेत पाँइदैन ।