मानुषी लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई ब्याज छुट दिने भएको छ । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नं. ५ मा रहेको मानुषी लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैकको निर्देशन अनुसार तोकिएको समय भित्र ऋणको किस्ता नियमित बुझाउने सदस्यहरुलाई ३ प्रतिशत ब्याज छुट दिने भएको हो । यसका लागि सदस्यहरुलाई कार्यालयमा सम्पर्क गर्न समेत संस्थाले सुचना मार्फत जानकारी गराएको छ ।
नेपाल सरकारले बैंक तथा वित्तिय संस्थालाई अत्यावश्यक सेवाको सुचिमा समावेश गरेको र कोरोना भाइरसको महामारी कहिलेसम्म रहने भन्ने निश्चत नभएको कारण आफ्नो स्वास्थ्य प्रति सचेत रहदै २०७७ साल बैशाख २४ गते देखि बैकिङ् सेवा पुनः सुचारु गरिएको संस्थाका शाखा प्रबन्धक राज श्रेष्ठले मेगा खबरलाई जानकारी दिएका छन् । लकडाउनको अवधिभर स्वास्थ्य अवस्थालाई ध्यानमा राखि संस्थाबाट प्रदान हुने सेवाको स्वरुप परिवर्तन गरी फिल्डबाट गरिने सम्पूर्ण बचत तथा ऋणको कारोवार शाखा कार्यालय खिलढुङ्खाबाटै हुने हुँदा आफ्नो सदस्यहरुलाई कार्यालयमा उपस्थित भई सेवा लिन समेत सुचित गरेको छ ।
यस विपत घडिमा सहयोग स्वरुप वित्तिय संस्थाले लिसंखुपाखर गाउँपालिका विपद् व्यवस्थापन कोषमा नगद रु २५,००० सहयोग गर्ने पनि घोषणा गरेको शाखाले जानकारी दिएको छ ।
।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।