मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कोरोना भाइरस सम्बन्धि एक बिष्लेशण

कोरोना भाइरस सम्बन्धि एक बिष्लेशण

  • 7.3K
    SHARES

  • कोरोना भाइरस सम्बन्धि एक बिष्लेशण

    कोरोना एक किसिमको भाइरस जिवाणु हो । यो सुष्म जिवाणु भएकाले देख्न सकिन्न । यो एक प्रकारको महामारीजन्य सरुवा रोग हो । यस्ता जिवाणु कसरी उत्पन्न हुन्छ ? विश्व अहिलेको आधुनिक बिभिन्न कारणबाट वातावरण प्रदुषण हुन गइरहेको छ । फोहोर धुलो दुर्गन्धी हानिकारक धुवाँले बायुमण्डललाई तुवालो शरी ढपक्क ढाकेको छ । त्यही प्रदुषण खानेकुरा पानी हावाको स्वास प्रस्वासको माध्यमबाट शरीर भित्र पुग्दछ । युरोप महादेशको बेलायतबाट औधोगिक क्रान्तिको सुरुवात भएर आज विश्व औधोगिक विकास हुनु सबल पक्ष भएर पनि उधोगबाट उत्पादन प्रदुषणबाट पुर्याउने हानिकारक जिवाणु सृष्टि हुन पुगेको छ । उधोगबाट निस्किएको हानिकारक प्रदुषण नियन्त्रण गर्न ओैधोगिक राष्ट्रहरुले सोच्नु पर्नेछ ।

    अर्को तर्फ विकसित देशहरूमा आधुनिक जीवन जिउने तरिका तनाव जन्य वातावरण, अव्यवस्थित शहरीकरण तिव्र आणविक हतियारको विकास होड्बाजी परिक्षणबाट निस्केको हानिकारक धुलो धुवाँले वातावरणलाई प्रदुषित बनाई महामारी जन्य भाइरस जिवाणु उत्पन्न हुन पुग्यो । फलामजन्य खिया परेपछि खियाले खाएको फलामको धुलो हानिकारक हुन्छ । बारुद बम अनेक बिष्फोटक पदार्थबाट बनेको धुलोमा उत्पन्न जिवाणु हावाको माध्यमले यन्त्र तन्त्र लैजान्छ । फलाम जन्य पदार्थ स्वास्थलाई हानिकारक छ । धर्मशास्त्र अनुसार कलिलाई फलामे युग भनिन्छ । मानिसको हरेक जीवन फलामसंग सम्बन्धित छ । गाडी कलकारखाना हात हतियार फलाममा नै निर्धारित रहेको छ । मानिसका घर भवन विद्यालय फलामले नै निर्माण भएको छ । फलामको थालमा खाने फलामको घरमा बस्ने फलामको खाटमा सुत्ने । फलाममा भाइरस जन्य जिवाणु छिट्टै स्पर्स हुन्छ । उदाहरणको लागि बिजुलीको करेन्ट फलाममा स्पर्स हुनासाथ छिटो करेन्ट प्रसारण हुन्छ, खिया जन्य किलाले खोप्दा छिटो धनुष्टंकार रोग उत्पन्न हुन्छ ।

    अल्वर्ट आइन्सटाइनले अविस्कार गरेको आणविक हतियारको कारणले सन् १९४५ मा दोस्रो विश्व युद्धमा जापानको नागसाकी र हिरोसिमामा एटोम वमको प्रहारले सुन्दर सहर मरुभूमीमा परिणत भयो । विश्व युद्धमा मरेका मानिसको हाराहारीमा अहिलेको कोरोना भाइरसको कारणले मृत्यु हुन सक्ने सम्भावना रहेको छ । विश्वयुद्धमा कुनै राष्ट्र अछुतो हुन सकेन अहिले पनि कोरोना भाइरसको सुष्म लडाइँले सबै राष्ट्रहरुमा आक्रान्त भइ रहेका छन् । विश्वयुद्धमा सृजित विष्फोटक पदार्थ र मरेका मानिसका कुहिएको लासको दुर्गन्धले महामारी रोग उत्पन्न भई हावाको माध्यमले यत्र तत्र लैजान्थ्यो । तर आज विश्वमा आएको तिव्र होडबाजी विज्ञान प्रविधिको विकासले के एउटा देशको भाइरस अर्को देशमा त पठाइएन ? भन्ने केही मानिसहरुको कौतुहल छ । विज्ञान र प्रविधिको विकासले विकास र विनास संगसगै ल्याएको छ । आधुनिक शक्तिशाली विकासित राष्ट्रहरुले प्राकृतिकलाई स्वतन्त्र रहन नदिई आफ्नो मुठिमा कब्जा जमाई राखेका छन् । आफ्नो मातहतमा प्रकृतिलाई चलाउन खोजिएको छ । दार्शनिक रुसोले भनेका छन्, “प्रकृतिलाई जस्तो छ त्यस्तै छाड्नु पर्दछ । प्रकृतिलाई आफ्नो बसमा राख्न खोजेमा विनास आँउछ ।” प्रकृतिलाइ जित्न कसैले पनि सक्दैन । प्राकृतिक पृथ्वीले आफ्नो भार आफैले कुनै न कुनै माध्यमबाट हलुगो बनाउँछ । प्राकृतिकलाई जित्न होटबाजी गरीन्छ भने विनासको लक्षण देखा पर्दै जानेछ । उदाहरणको लागि जलवायु परिवर्तन हुनु, वायुमण्डलमा ओजन तह पातलिंदै जानू, बाडी, पहिरो, भुकम्प, खडेरी, महामारी भुमरी आइरहनु विनासको लक्षण हो ।

    कोरा भनेको मानिस मर्दा किरिया पुत्रीले अरुलाई नछोइ निश्चित स्थानमा बारेर अलग बस्नु हो । कोरा भित्र बस्दा सेतो शुद्ध वस्त्र लगाउनु, दैनिक नुहाउनु, दैनिक कपडा धुनु, आफैले बनाएर शुद्ध पवित्र भोजन गर्नुपर्दछ । कोरा बाहिर वा घर भन्दा बाहिरबाट आउने मानिसहरु अशुद्ध भएको हुदा, शुद्ध भएर बसेका मानिसलाई छुन हुदैन । सेतो वस्त्र लगाएर शुद्ध भएर बस्दा जिवाणुले प्रवेश गर्न पाउदैन । उदाहरणका लागि झिंगाले दुःख दिएको घरमा सेतो पलाष्टिकमा पानी राखेर झुण्ड्याउँदा झिंगा भाग्दछ । डाक्टर वा नर्सहरुले अस्पतालमा जिवाणुले प्रवेश नगरोस् भनेर सेतो वस्त्र लगाइन्छ । सेतो वस्त्र शुद्ध र पवित्र वस्त्रको रुपमा लिइन्छ ।

    क्वारेन्टाइनमा बस्नु भनेको पनि केहि समयको लागि छुट्टै अलग्गै बस्नु हो । आज विश्व स्वास्थ सगंठनले पनि कोरोनाबाट बच्नलाई घरमा कसैले कसलाई नछोई निश्चित स्थानमा वस्नु भनिएको छ । त्यसलाई लकडाउन पनि भनिन्छ । यो धर्म शास्त्रमा आधारित विधि सरुवा रोग लाग्दा पनि जसलाई रोग लाग्दछ उसले अरुलाई छुन नहुने नियम रहेको थियो ।
    धर्मशास्त्रको सदाचारको गृहस्तिले पालना गर्नु पर्ने नियम अनुसार कोहिसँग अङ्कमाल नगर्नु, हात नमिलाउनु, हात गोडा धोएर जुत्ता चप्पल बाहिर फुकालेर मात्र घर भित्र बस्ने नियम छ । हात गोडा नधोइकन गरेको सबै काम अशुद्ध हुन्छ । अशुद्ध भन्नू नै भाइरस जन्य जिवाणुले प्रवेश गर्नु हो । हातले र खुट्टाले हरेक फोहोर ठाउँमा छोइ राखेको हुन्छ । हात नधोई खानेकुरा खाँदा रोग लाग्दछ भन्ने संस्कार नेपालीमा रहेको छ । कसैको जुठो पूरा नदिनु र नखानु तर विश्वमा धेरै मुलुकमा मानिसहरू आज आधुनिकता देखाएर एउटा थालमा खाने गर्दछन् । घरको ताजा खानेकुरा भन्दा होटेलको केमिकल जन्य पदार्थ मिसाएर बिग्रेको कुहिएको बासि स्वादिष्ट मसला राखेर मिठो मानेर खानाले रोगसँग लड्न सक्ने क्षमता बृद्धि हुनाको सट्टा ¥हास हुँदै जान्छ । रासायनिक मल विषादी राखेको खानेकुरा केमिकल जन्य खाद्य पदार्थ र पिट पदार्थ मिसावटी नक्कली खानेकुरा मिति पुगेको गुणस्तरहिन, प्लाष्टिकमा प्याक गरेको अशुद्ध खानेकुरा खाँदा शरीरमा रोगसँग लड्न सक्ने शक्ति कमजोर भइ विभिन्न रोगले आक्रमण गर्दछ ।

    आफ्नो देशको सनातन धर्म संस्कृतिलाई बिर्सेर विकसित देशको जीवन शैली संस्कार संस्कृतिको नक्कल गर्नुको सट्टा विकसित देशसँग के के कुरा सिक्ने त्यस्ता देशहरु कसरी विकसित भयो ? आफ्नो देशलाई विकसित बनाउन के के गर्नु पर्ने रहेछ भन्ने कुरा सिक्दा अझ राम्रो होला । विकसित देशमा आफ्नो सन्तान गएर दास भएकोमा आफुलाई सभ्य उच्च खानदान शिक्षित आफुलाई विकसित ठान्नु भन्दा भोलि कुनै दिन आफ्नो देशमा फर्केर आउदा रोग कोसेली र शोक कोसेली ल्याउने हुन् कि ? यसबाट सजगता हुन आजैबाट जरुरी छ । विकसित देशको मानिसहरुको जीवन शैली नक्कल गरीरहँदा विकसित देशमा शौचालय जाँदा हात धुनको सट्टा ट्वाइलेट पेपरको प्रयोग गरिन्छ । खानेकुरा खाएर हात धुनुको सट्टा टिस्यु पेपरको प्रयोग गरिन्छ । आफ्नो पवित्र हात आफैले जोड्न लाज मान्ने अर्काको फोहोर हातसँग हात मिलाउँदा सभ्य ठान्ने, अङ्कमाल र चुम्बन गर्दा रोग सार्दा आधुनिक सम्झनु भन्दा आफ्नो पुर्खाले अंगालेको संस्कृतिको जगेर्ना गर्नु राम्रो होला कि ? मानिसको ठुलो धन नै स्वास्थ हो । रोगले धनी गरिब पदमा पुगेका सर्वसाधारण भनेर छुट्याउदैन । मानिसको शत्रु रोग हो ।
    मानिसलाई शाकाहारी भोजनले स्वस्थ बनाउछ मांसाहारी भोजनले मानिसलाई रोगी बनाउँछ । जनावर पन्छीबाट नै धेरै रोगहरुको संक्रमण हुन्छ । इबोला भाइरस, स्वाइनफ्लु, वड्फ्लु एच.आइ.भी. एड्स, रेबिज जस्ता रोगहरु संक्रमण हुनबाट बच्न सजक हुन पर्दछ । मन मस्तिष्क र शरीर स्वस्थ राखेर रोगसँग लड्न सक्ने शक्ति प्राप्त गर्नु पर्दछ । स्वास प्रस्वासमा असजिलो हुनु भनेको कोरना भाइरस रोगको लक्षण हो । कोरोना भाइरससँग लड्न सक्ने क्षमताको वृद्धि गर्न आफुले आफैँलाई सजगता अपनाउनु पर्छ ।

    नेपालमा प्राकृतिक सुन्दरता प्रशस्त जडिबुटी र औषधी जन्य वनस्पतिले यस्तो भाईरस जन्य रोगसँग लड्न सक्ने क्षमताको वृद्धि गराउँछ । अब हिमालयन देश नेपालको हावापानीमा हुर्केका नेपालिहरुमा रोगसँग लड्न सक्ने क्षमता रहेको छ ।

    बुधवार, जेठ १४ २०७७०६:५४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार