कोरोना भाइरसको विनासले देखाएको दुर्वल पक्षहरु :
कोरोना भाइसबाट कुनै पनि राष्ट्र अछुतो रहन सकेको छैन । कोरोना भाइरसलाई हेलचक्राइ गर्ने राष्ट्रमा भाइरस सक्रमण बढि छ । सजगता अपनाउने राष्ट्रमा संक्रमण कम छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु संख्या किटान गर्न नसके पनि विश्वयुद्धमा मर्ने मानिसको हाराहारीमा पुग्न सक्ने सम्भावना रहेको छ । यो पनि कोरोना भाइरस जन्य सुष्म विश्वयुद्ध हो । ठूला विश्वयुद्धमा हतियार(अस्त्र सस्त्र) को प्रयोग हुन्थ्यो तर आज विश्वमा हतियार नउठाई नदेखीने सुष्म जीवाणु सँगको विश्वयुद्धको हतियार सँगको लडाईमा अन्तमा शान्ति सम्झौता मिलन हुन्छ । तर भाइरस जन्य जीवाणुसँगको युद्धमा न शान्ति सम्झौता हुन्छ न मिलन हुन्छ । अन्तमा संक्रमणले मृत्यु नै हुन्छ । कोरोना भाईरस कहिले कसरी अन्त हुन्छ ,भन्न सकिने अवस्था छैन । उदाहरणको लागि एच.आइ.भि. एड्सको अन्त्य कसरी ? भन्दा आफ्नो सुरक्षा आफैले सजगता अपनाएर हो । त्यस्तै कोरना भाईरसबाट पनि आफैले सजगता अपनाउने विश्व स्वास्थ्य संगठन र सरकारले बनाएको स्वास्थ्य सम्वन्धि नियम पालना गर्नुपर्दछ ।
मानिसको शत्रु मानिस हुदैन । उसको व्यवहारले शत्रु मित्रु हुन्छ । मानिसको शत्रु रोग हो । रोगसँग न हतियार उठाउन मिल्छ, न मुद्दा गर्न मिल्छ, न भौतिक कार्वाही गर्न मिल्छ । यो त सरुवा रोग विशेषज्ञहरुले औषधि पत्ता लगाउन सकेमा त्यसको माध्यमले मात्र रोगसँग लड्न सकिन्छ । कोरोना भाइरसको कारणले अल्पविकसित नेपाल जस्तो देशमा उद्योग, व्यापार पर्यटकिय क्षेत्र, व्यवसायिक क्षेत्र ,खेती ,पशुपक्षिं पालन आदि क्षेत्रमा प्रत्यक्ष असर पर्न गएको छ । स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनको कमिले गर्दा अस्त व्यस्त भएको छ । भाइरस जाच्ने उपकरण कमि भएको छ । विरामी परेका मानिसहरु अस्पतालको शैयामा मृत्युको दिन गनेर सुति राखेका छन् । दीर्घ रोगीहरुले औषधि उपचार पाएका छैनन् । विरामी राख्ने वेडको कमि भएर भूइँमा सुतेर उपचार गर्न परेको छ ।
कृषकले उत्पादन गरेको अन्नवाली तथा नगदे वालीले बजार पाएको छैन । मजदुरहरुको मजदुरी रोकिएको छ । ऋण गरेर व्यपार, व्यवसाय उद्ध्योग् थालनी गर्नेहरुको व्यक्ति र बैंकको ऋण तिर्न नसकेर ऋणमा डुवी राखेका छन् । विदेशबाट नेपालीहरु आफ्नो घर देश सम्झेर आउनेहरु कष्टकर जीवन विताइरहेका छन् । नेपालको खाद्यान्नले नधानेर भोकमरी हुनसक्ने सम्भावना छ । आर्थिक कारण र भोकमरीको कारणले घर घरमा झै झगडा भई मानसिक समस्या आई आत्महत्याको संख्या बढ्नेछ । लामो समय सम्म घरभित्र थुनिएर रहँदा कैदी जीवनले उकुस, मुकुस भै डिप्रेसनको लक्षण देखा पर्न थालेको छ । भविष्यको कर्णधारका बालबालिकाले पढ्न पाइरहेका छैनन् मानव विकास सूचांक घट्दो छ ।
कोरोना भाइरसको विनासले देखाएका सबल पक्षहरु :
" विनाशले विकास गराउँछ' विकासले विनास गराउँछ" प्राकृतिमा ऋतु परिपर्तन भए जस्तै संसार समय अनुसार परिवर्तन भइरहन्छ । औधोगिक् राष्ट्रहरु विकसित भएका छन् । ठूला ठूला विश्वयुद्धले अल्पविकसित वा विकासित राष्ट्रको अर्थतन्त्र उद्योग विकासका पूर्वाधारहरु सबै तहस नहस भएको थियो । विश्वयुद्ध पछि मानिसका नयाँ चेतना राष्ट्रियता नयाँ सोच नयाँखोज अनुसन्धानले मानिसका आवश्यकता पूर्तिभई राष्ट्रमा विकास हुँदै गयो । विश्वयुद्ध पछाडी शिक्षाको पनि विकास भयो शिक्षाको विकासले देशको विकास भयो । विश्वयुद्ध पछि मानिसले राष्ट्रियता देखाउन थाले ।
नेपालको सन्दर्भमा भन्नु पर्दा नेपालले कोरना भाइरसले महामारीको अन्त्य पछाडी नयाँ सोच विचारका साथ विकासका पूर्वाधारहरुको विशेष योजना ल्याउन सके देशले विकासको छलाङ्ग हाल्ने थियो । क्रान्ति पछाडीको शान्ति दु.ख पछाडीको सुख वर्षा पछाडीको घाम भोक पछाडीको खाना भने झै कोरोना भाइरसको डर, त्रास र लामो समय सम्म लकडाउनले रोकेको उद्योग,व्यपार, व्यवसाय, कृषि, शिक्षा स्वास्थ्य रोजगार आदिको विशेष योजना बनाएर विकास गर्न सके नेपाली जनता लाभान्वित हुन्थे । जननी जन्मभूमीश्च स्वर्गदवी गरियासी आफू जन्मेको भुमी घर स्वर्ग भन्दा पनि प्यारो हुन्छ । भन्ने सम्झेर देश विदेश शहरहरुबाट गाँउ घरमा फर्केर बसेको बेलामा आय आर्जनमा बृद्धि हुने काम दाम र मामको व्यवस्था गराउन सकेमा अहिलेको गाउँको जनशक्तिले गाउँको विकास गर्ने थियो । यो जनशक्तिलाई पलायन हुन नदिन स्थानिय तहसम्म उपचारार्थ सुविधा सम्पन्र स्वास्थ्य सेवाको व्यवस्था गर्न सकेमा रोग लागेको खण्डमा ठूला शहर जान पर्ने थिएन । त्यो नै वास्तविक संघियता हुन्थ्यो ।
नेपाली समाज हुँदा खानी र हुनीखानीमा विभाजन भएका छन् । हुँदा खानीका बाल बच्चा ग्रामिण समुदायिक विद्यालयमा पढाइन्छ । हुनेखाने सम्भ्रान्त परिवारले नीजि विद्यालयमा पढाइन्छ । सामुदायिक विद्यालयलाई राजनीतिक अखडा नबनाई कोरना भाइरस महामारी युद्धबाट नेपालले सिकेर सामुदायिक विद्यालयमा नेपाल सरकारको तलव खाने कर्मचारीका छोरा छोरी राजनीति गर्ने नेताका छोरा छोरी नीति नियम निर्माण गर्नेका छोरा छोरीलाई समुदायिक विद्यालयमा भर्ना गरी पढाई दिएमा सम्भबतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भई शिक्षाका राष्ट्रिय उद्देश्य पुरा हुन्थ्यो कि?
डाक्टरले रोगी विरामी किसानलाई बचाउँछन् भने किसानले उत्पादन गरेको अन्न नगदेवाली दुद्यजन्य पदार्थले डाक्टर देखि सबै खालका नागरीकलाई बचाएको हुन्छ । किसानले उत्पादन दुध्, दही,घिऊ, फलफूल, सागसब्जी अन्य मिठो मानिन्छ तर किसानलाई फोहोरी दुर्गन्धित मानेर घृणा गरिन्छ । नेपाल कृषिप्रधान देश भने पनि मल्लकाल राणा कालिन देखि हाल सम्म खेतिगर्ने तरिका उस्तै छ । किसानले उत्पादन गरेको वालीले बजार पाएको हुदैन । यस महामारी युद्ध पछाडी कृषिमा आधुनिकिरण गरी कृषकलाई अपहेलना होइन वास्तविक किसानको पहिचान गरी प्रोत्साहित कृषिमा अनुदान वालीविमा अनुदान कृषिलाई आवश्यक औजार, सिचांइँबजार, व्यवस्थापन गराउन सकेमा कृषिमा आत्मनिर्भरता गराउन सकिने थियो ।
कोरोना भाइरसको विनास पछाडी स्थानिय स्तरमा नै आयआर्जनमा वृद्धि हुने खालको उद्योग रोजगार व्यवसाय दिलाउन सकेको योजना बनाउन सकेमा प्रतिव्यक्ति आयमा वृद्धि भई कुल राष्ट्रिय आयमा वृद्धि भई राष्ट्र सवल सक्षम र विकसित हुने थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।