मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बधाई छ बेसार तिमी ढिलै भएपनि भाग्यमानी साबित भयौं

बधाई छ बेसार तिमी ढिलै भएपनि भाग्यमानी साबित भयौं

  • 2.8K
    SHARES

  • बधाई छ बेसार तिमी ढिलै भएपनि भाग्यमानी साबित भयौं
    सुरेस तिमल्सिना, सिन्धुपाल्चोक
     
     
    जनमानसलाई हास्यब्याङ् सन्देश प्रवाह गर्ने प्रमलाई मेरो प्रश्न बेसार नखाएर नै अहिले सम्म कोरोना भाइरस पोजेटिभ सङ्क्रमितहरु दिनानुदिन बढिरहेका हुन त ? रातो अबिर लगाएर चुनाव जितेकाहरु बल्ल किसानले हातको नङ्ग्रा खियाएर रोपेको बेसारको महत्त्व बुज्दैछन । कोरोना भाइरस ( कोभिड-१९ ) भन्नासाथ अहिले जो-सुकैको पनि मन छिरिङ्ग हुन थालिसकेको छ । गत डिसेम्बर बाट चिनको वुहान देखि सुरु भएको यो भाइरसले अहिले विश्वलाई नै तरंगित बनाइरहेको छ । सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ भने लाखौंले कोरोना भाइरसकै कारण ज्यान गुमाउनु परेको छ । यसै संगै यो भाइरस घुम्दै फिर्दै खुल्ला सिमाना बाट छिर्दै गत ३ महिना अघि देखि नेपालमा पनि प्रवेश गरिसकेको छ ।
         भाइरसको केन्द्रविन्दु मानिएको चिनको वुहान अहिले केही सामान्य अवस्थामा फर्किएको छ करिब ७६ दिनको लकडाउन पश्चात् चिनले कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको छ तर फेरि भाइरस चीनमा नफैलिएला भन्न सक्ने अवस्था छैन । शक्तिशाली राष्ट्र अमेरिका , भारत , अस्ट्रेलिया जस्ता देश अहिले पुर्ण रुपमा लकडाउनमा बाधिएका छन भने नेपालमा पनि गत चैत्र ९ गते बाट देशभरी लकडाउन गरिएको छ तर लकडाउनको ३ महिना पुग्दा सम्म नेपालमा कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा उल्टै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा रहेको छ । शैक्षिक क्षेत्र , हवाई मार्ग , विकास निर्माणका कार्य , सार्वजनिक यातायात , धार्मिक स्थल , पर्यटकिय स्थल , बजार लगायतमा स्थानहरु ३ महिना यता ठप्प छन तर गत असार १ गते बाट नेपालमा लकडाउन खुकुलो पारिएको छ ।
    बाहिरि स्थान बाट आएका नागरिकको लागि उचित क्वारेन्टाइनको ब्यबस्था हुन नसक्दा समुदायमा नै भाइरस फैलिने अवस्थामा पुगिसकेको छ , कयौंले क्वारेन्टाइन स्थलमा नै आफ्नो ज्यान गुमाउनु परेको छ , अस्पतालमा उपचार नपाएर कयौं बिरामी छट्पटाइरहेका छन यहीँ अवस्था हेर्ने हो भने नेपालमा ईटाली , स्पेनमा झैँ कोरोना भाइरसले माहामारिको रुप नहोला भन्न सकिन्न ।
    भाइरसको सुरुवाती दिनदेखि यसको उपचार र औसधि के होला भन्दै कयौं देशका बैज्ञानिकहरु औसधि र खोप बनाउदै परिक्षणमा लागिरहेका छन भने अझै भाइरसको खोप पत्ता लागेको छैन भने केही बैज्ञानिकहरुले खोप विकास गर्न अझै केही समय लाग्ने तर्क दिइरहेका छन । माक्स , पन्जा , सेनिटाइजर , भिडभाडमा सामाजिक दुरि कायम र नियमित साबुनपानीले हात धोएमा भाइरस लाग्न बाट बच्न सकिन्छ भन्दै नागरिक सोही नियम अपनाई रहेका छन तर पनि भाइरस नियन्त्रणमा आउने सङ्केत भने शुन्य देखिन्छ ।
    यसै अवस्थालाई मध्यनजर गर्दै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहदा प्रधानमन्त्री के.पि शर्मा ओलिले बेसार पानी खाएमा कोरोना भाइरस नलाग्ने भन्दै सदनको रोस्ट्रम माथी उभिएर बोलेका छन । सामाजिक संजालमा केहि दिन यता देखि बेसार खुब भाइरस भैरहेको छ । के बेसार नखाएर नै अहिले सम्म कोरोना भाइरस पोजेटिभ सङ्क्रमितहरु दिनानुदिन बढिरहेका हुन त ? जनमानसलाई हास्यब्याङ् सन्देश प्रवाह गर्ने प्रमलाई मेरो प्रश्न । रातो अबिर लगाएर चुनाव जितेकाहरु बल्ल किसानले हातको नङ्ग्रा खियाएर रोपेको बेसारको महत्त्व बुज्दैछन । वाह बेसार तिमि ढिलै भएपनि भाग्यमानी सावित भयौं । भाइरसको सुरुवाती दिनदेखि खोप औसधि बनाउन लागिपरेका बैज्ञानिकहरु अझै अन्योलमा छन तर नासामा बैज्ञानिक भन्दा कम छैनन् हाम्रा प्रधानमन्त्री बेसार खाउ कोरोना बाट बचौ भन्ने सन्देश प्रवाह गर्ने प्रधानमन्त्रीले क्वारेन्टाइनको ब्यबस्था , किटको उपलब्ध नगराउदै कतै भाइरसले महामारी त निम्त्याउददैन भन्दै जनता चिन्तित भएका छन ।
        असार १ गते बाट नेपालमा लकडाउन खुकुलो भएसंगै सडकमा सवारीसाधनको चाप बढिरहेको छ , बन्द सटरको ढोका खुल्ला भएको छ , बिजडा झैँ घरभित्र थुनिएका नागरिक सामान्य अवस्थामा फर्कदै आवातजावत गरिरहेका छन तर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भने झनै वृद्धि भैरहेको छ । हामिले आफ्नो स्वास्थ्यको ख्याल गरेनौ सानो गल्तीले पनि आफ्नो ज्यान जान सक्छ भने यो भाइरस त झनै हाम्रो लागि घातक नै हुन सक्छ , तर बिर्सन हुँदैन कि जबसम्म खोप–औषधि पत्ता लाग्दैन वा यो रोग आफैं हराएर जाँदैन, तबसम्म हामी हिजोकै जस्ता दिनमा फर्कन सक्दैनौं। विश्वमा एउटा मात्रै संक्रमित रहुन्जेल हामी सधैं जोखिममा रहिरहन्छौं। यसैअनुसार सावधानी अपनाउन जरुरी छ। हिजो हामी जसरी धेरै जना सँगै यात्रा गर्थ्यौं, स्कुलमा पठनपाठन गर्थ्यौं, जसरी बिरामीको हेरचाह गर्थ्यौं, आमसभा आयोजना गर्थ्यौं, चलचित्र भवनमा जान्थ्यौं, सांगीतिक कार्यक्रमहरू गर्थ्यौं, जसरी जात्रा र सांस्कृतिक कार्यक्रम गर्थ्यौं, यी सबैको स्वरूप परिवर्तन गरिनुपर्दछ। तब मात्रै हामिले कोरोना भाइरसलाई जित्ने छौ या भने कोरोना भाइरस हामी बाट मुक्त हुनेछौ ।
     

    शुक्रवार, आषाढ ५ २०७७०४:३९:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार