मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कृषिमा पहुँच.......

कृषिमा पहुँच.......

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 2.2K
    SHARES

  • कृषिमा पहुँच.......
     
     

     . कृषिमा पहुँच.

     
    नेपाल एक कृषिप्रधान देश हो , जहाँ हरेक नेपालीहरुले कृषि ब्यवसाय गरेर अघि बढीरहेका छन् ।
     
    धेरैजसो ठाउँहरुमा जग्गा जमिन राम्रो खालको अनि उब्जनी पनि धेरै हुने र बजारीकरणको पनि राम्रो ब्यवस्था भएको देखिन्छ तर कतिपय ठाउँहरुमा उब्जनी राम्रो भएपनी बजार ब्यवस्थापन भएको पाइदैन , कृषकहरुले उत्पादन गरेका वस्तुहरु सहि समयमा बिक्री बितरण नहुने र भएपनी धेरैजसो घाटामा जाने जस्ता विविध कारण गर्दा अन्योलमा परिरहेका हुन्छन् ।
       
    यसका लागि जुन ठाउँहरुमा त्यस्ता समस्याहरू छन् ती ठाउँका स्थानीय निकायहरुले के गर्दा ती समस्याहरूको समाधान हुन्छ ती कुराहरुमा पहल गर्नुपर्ने देखिन्छ । त्यसो गरेमा कृषि गतिविधिहरु अघि बढ्नेछन , किसानहरुले गरेका लगानी , मेहनत खेर जाने छैन , कृषि संसाधनहरु विकसित गर्ने कृषि गतिविधिहरुलाई अझै प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
     
        माहाशक्तिशाली देश अमेरिकाका रास्ट्रपति ट्रम्प हुन् या दुनियाँका सवैभन्दा धनी ब्यक्ती विल गेट्स , राजा हुन् या रक प्रकाड ,पन्डित हुन् या महामुर्ख , कुनै महान धार्मिक हस्ती हुन् या नास्तिक , बच्चा हुन् या बुढा , नर हुन् या नारी पहलवान होस् या दुब्लो पातलो मानिस , मतलब कुनै पनि मानिसलाई बाच्नको लागि हावा पानी र भोजनको आवस्यकता पर्दछ , भोजन हाम्रो लागि यस्तो आधारभुत आवश्यकता हो जसको पुर्ति हामिले कृषिवाट नै गर्दछौं । आम किसानले रगत पसिना गरेर उब्जाएको अन्नद्वारा हाम्रो पेट भर्न पाइएको छ , त्यसैले कृषिमा अझै सुधार ल्याउनको लागि अग्रसर हुनुपर्ने देखिन्छ ।

    सोमवार, आषाढ १५ २०७७०७:३२:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार