मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थाल्यो

गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थाल्यो

मेगा खबर संवाददाता

१०, बैशाख २०७८
  • 2.2K
    SHARES

  • गाईको बाच्छीले  नब्याइकन नै चार दिनदेखि दूध दिन थाल्यो

    झापाको गौरादह नगरपालिका–३  का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले  नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । 

    नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको   भीड लाग्न थालेको छ  । “चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि  अचम्म  लाग्यो,”  पन्तले भने ।

    पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  भने,  “घरमा  बाँधेर  पालेको बाच्छी २१ महिनाको मात्र  भयो  । यसलाई  कहीँ  लगिएको पनि छैन  ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  । थुनसमेत  ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने । 

    अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले  बताए  ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    शुक्रवार, बैशाख १० २०७८०१:४०:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार