काठमाण्डाै,अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ ।
मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइ अक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाइएको छ । मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको छ ।
नासाले भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको जनाइएको छ ।
मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बनडाइ अक्साइड र शून्य दशमलव १३ प्रतिशत मात्रै अक्सिजन छ । मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बनडाइ अक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको छ । यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाइ पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा रहेको छ ।
नासाले गएको बिहीबार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण पनि गरिसकेको छ । इन्जुन्यूटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेपछि, दुई मिटर हावामा सीधा अघि बढेर पुरानै ठाउँमा फर्केर अवतरण गरेको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।