मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दुष्ट छिमेकी

दुष्ट छिमेकी

मेगा खबर संवाददाता

२०, आषाढ २०७७
  • 3.6K
    SHARES

  • दुष्ट छिमेकी

        दुष्ट छिमेकी...

     
    सीमा मिच्यो किन अधमले धृष्टता साथ हाम्रो
    आत्मा बिक्यो कि त रकममा सम्झ नेतृत्व राम्रो ।
    गोर्खालीको अविजित धराधाम भन्ने भुलेकी
    सत्ता कुर्सी पदमहकमा या त आफ्नै चुकेकी ।
     
    हो आमाले सकस सहँदा दुख्छ साँच्चै कलेजो
    छोराछोरी सब हिँड उतै साँध छेकी बसेभाे ।
    छाेड्याैँ छाडा यदि कुटिल त्यो बाजलाई भनेत
    लुछ्दै चुड्दै पलकभरमा लान्छ हड्डी समेत ।
     
    नासाे हाे याे अग्रजहरुको हुन्न बेचेर खान
    प्यारो माटाे मुटु सरह हाे दिन्नँ हेपेर लान ।
    रेखाे पाखाे कलकल नदी नाच्छ डाँफे मुनाल
    नेपालीको मुकुटसरि हाे टल्कने त्यो हिमाल ।
     
    नाकाबन्दी गर बरु तिमी भोकभोकै बसौंला
    बाँझाे बारी मलजल गरि बाेट आफैँ लगाैँला
    दिन्नौँ हाम्रो जल जमिन यो मर्न हुन्छौँं तयार
    आमा भुल्ने जगतभरमा के छ त्यस्तो जुहार ?
     
    आफ्ना माझै खटपटदेखि सार्छ ब्वाँसो सिमाना
    माैका छाेपी कुन प्रहरमा हान्ला टुंगो हुँदैन ।
    मिल्दा राम्रो मिल सबजना मिल्नुमा नै भलाई
    बन्दै आए रिपुदल दियो कोर्नुपर्ला सलाई ।
     
     
    उषा नेपाल
    सिन्धुपाल्चोक

    शनिवार, आषाढ २० २०७७०७:०८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार