कञ्चनपुर । कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ । गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो । वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो ।
तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता नदेखिएपछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी आफैँ अनुसन्धानमा सक्रिय भएका थिए ।
“छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद रहेछ । प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका रहेछन् ।” एक प्रहरी उच्च अधिकारीले भने,
प्रहरीले हत्यामा संग्लन आरोपमा प्रकाशसहित ४ जनालाई पक्राउ गरेको छ । जसमध्ये कञ्चनपुरकै वाणीमा बस्दै आएका थारु समुदायका एक व्यक्तिसमेत छन् । उनले आफू तान्त्रिक व्यक्ति भएको बताएका छन् । उनैले ४ लाख लिएर राति घरमा गएर खाती दम्पतिमाथि आक्रमण गरेको खुलेको छ । हत्या गर्ने व्यक्तिले आफूले वाँण हानेरै खाती दम्पतीको हत्या गर्ने प्रकाशसँग बताएको बयानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । खाती दम्पतीले आफ्नो परिवारलाई तनाव दिएको भन्दै उनले ४ लाख दिएर हत्या योजना बुनेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरले हत्याका आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।