मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :
चीनले अनुमति नदिँदा

उपल्लो डोल्पामा चामल पुगेन

उपल्लो डोल्पामा चामल पुगेन

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 1.6K
    SHARES

  • उपल्लो डोल्पामा चामल पुगेन

    जाजरकोट।  छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ ।

    उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ । कोरोना भाइरसका कारण सबै उपल्लो डोल्पाका नागरिक घरमै रहेको समयमा खाद्यान्न नहुँदा समस्या भएको बताएका छन् । सदरमुकामस्थित डिपोमा चामल भरिभराउ भए पनि उपल्लो डोल्पामा चामलको गेडो नभएको हो । सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको उपल्लो डोल्पाका स्थानीयवासीको गुनासो रहेको छ ।
    सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । विगतका वर्षमा उपल्लो डोल्पा जाने र आउने काम निरन्तर भइरहेकाले खासै समस्या नपर्ने भए पनि आर्थिक वर्ष २०७६र७७  मा एक गेडा चामल नगएको हो ।

    यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोनाका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन् । स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले जानकारी दिए । हवाईमार्गबाट खाद्यान्न ढुवानी गरेर भए पनि उपल्लो डोल्पामा खाद्यान्न आपूर्ति भएमा जनताको माग पूरा हुने उनको भनाइ छ । असोजसम्म नयाँ ढुवानी नभए हिमपातले गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । अहिले व्यापारीहरुसँग मिलेर भए पनि स्थानीय तहको सहकार्यमा केही खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको उनको भनाइ छ । 

    आइतवार, भाद्र ७ २०७७०७:३६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार