मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

 सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन –३ को विजेता  

 सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन –३ को विजेता  

मेगा खबर संवाददाता

१३, भाद्र २०७७
  • 3.4K
    SHARES

  •  सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन –३ को विजेता  

    काठमाडौं। सज्जा चौलागाई ‘नेपाल आइडल सिजन –३ ’ को विजेताा बनेकी छिन् । कोरोना माहामारीको कारण आइडलको सेटमै सम्पन्न भएको गान्ड फिनालेमा दर्शकको अत्याधिक भोटको कारण विजयी भएका हुन् । यस्तै फस्ट रनरअप प्रविण  बेडुवाल  भएका छन् ।

    सेकेन्ड रनरअप किरण कुमार भुजेल भएका छन् ।  साथै  ‘नेपाल आइडल–३ को विजेता चौलागाईले उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी  छिन्। यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त  गरेका छन् ।  कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

    सज्जा चौलागाईं

    मोरङ पथरीकी सज्जा चौलागाई‌ तेस्रो नेपाल आइडल बनेकी छन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुँदा हुदै आज उनी नेपाल आइडल विजेता बनेकी छन् ।  कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरेकी थिइन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।  ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् ।  उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो ।

     कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो ।  लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो ।  तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।  पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन् ।  ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् । फल स्वरुप विभिन्न राउण्ड पार गर्दै सज्जा आज नेपाल आइडलको विजेता बन्न सफल भइन ।

     

    शनिवार, भाद्र १३ २०७७०८:०६:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार