काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको पारिवारिक वकिल विकास सिंहले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै सुशान्तको परिवारको अनुमति बिना सुशान्तसा जोडिएका कुनै पनि फिल्म बनाउन नपाउने बताएका छन् । सुशान्तको परिवारले सुशान्तको नाममा फिल्म बनाउँदा अनुमति नलिएमा कारबाहि गर्ने पनि बताएका छन् ।
यसै क्रममा वकिल अशोक सरोगीको श्रीमतीले सुशान्त–रिया केसमा बेस्ट फिल्मको सुरु गरेकी छन् । एक वेबसाइडमा श्रुति मोदीको वकिल अशोक सरोवगीले बताए अनुसरा उनको श्रीमति सुशानत र रियाको वास्तविक जीवनमा आधारित फिल्म ‘न्याय द जस्टिस’ बनाइरहेकी छन् । उनले भने –‘म सुशान्त र रियाको केसलाई पटक पटक बुझने कोसिस गरिरहेको छु । कसैको पनि मृत्यु हुनु नराम्रो खबर हो ।
मिडियामा दैनिक सुशान्तको केसको बारेमा अनेक तथ्य आइरहेको छ तर पनि यो केसलाई निश्चित विन्दुमा जान दिइएको छैन । अशाकले भने –‘मैले यो केसको बारेमा एक डायरी तयार पारेको थिएँ । मैले उक्त डायरी निर्देशक दिलीप गुलाटीलाई देखाएँ । उनलाई मन पर्यो र फिल्म बनाउने निर्णय गरिएको हो । यो फिल्मबाट सुशान्त रिया र यो केसमा जोडिएका अन्य व्यक्तिहरुलाई न्याय मिल्ने छ । ’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।