काठमाडाैँ, मंसिर २९
राष्ट्रपति विद्यादेवी भण्डारी आफू जन्मिएको घर पुगेकी छन्।
भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघरको राष्ट्रपति भण्डारीले बुधबार अवलोकन गरेकी हुन् । राष्ट्रपतिले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरेकी थिइन् ।
अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो । यो शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ। सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ,उनले भनिन् ।
राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी थिइन् । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो ।
जन्मघर नजिकै रहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएका थिए ।







मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।