मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

१० पटक सगरमाथा चढेका युक्ताको स्वयम्भूमा अन्त्येष्टि, लाप्राकमा पनि दीप प्रज्ज्वलन

१० पटक सगरमाथा चढेका युक्ताको स्वयम्भूमा अन्त्येष्टि, लाप्राकमा पनि दीप प्रज्ज्वलन

मेगा खबर संवाददाता

२२, श्रावण २०८३
  • 376
    SHARES

  • १० पटक सगरमाथा चढेका युक्ताको स्वयम्भूमा अन्त्येष्टि, लाप्राकमा पनि दीप प्रज्ज्वलन

    काठमाडौं, पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को काठमाडौंमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।

    ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि (तस्वीरहरू)

    गोरखाको लाप्राकका युक्ताको शुक्रबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको झण्डा ओढाइएको थियो ।

    गृहमन्त्री सुधन गुरुङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। युक्ता नेपाली कांग्रेसका सदस्यसमेत थिए ।

    पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी युक्तासहित १० जना आरोहीको मृत्यु भएको थियो। उनको पार्थिव शरीर बिहीबार अपराह्न काठमाडौं ल्याइएको थियो ।

    p4.JPG

    p3.JPG

    युक्ता नेपालको पर्वतारोहण क्षेत्रमा परिचित नाम थिए । उनले सगरमाथाको सफल आरोहण १० पटक गरेका थिए ।

    यसैबीच, युक्ताको जन्मगाउँ गोरखाको लाप्राकमा पनि स्थानीय बासिन्दाले दीप प्रज्ज्वलन गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। स्थानीयले युक्ताको योगदान र साहसको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    p2.JPG

    p1.JPG

    शुक्रवार, श्रावण २२ २०८३०१:५२:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार