काठमाडाैँ, पुस १५
तमु ल्होसारको अवसरमा प्रधानमन्त्री प्रचण्ड टुँडिखेल पुगेका छन् ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमु ल्होसारको अवसरमा आयोजना गरेको समारोहमा प्रमुख अतिथिका रुपमा पुगेका प्रचण्ड गुरुङ घलेकमा चिटिक्क सजिए ।
माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डको तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक सार्वजनिक समारोहमा देखिए । गुरुङ समुदायले आज देश तथा विदेशमा बिरालो वर्गको स्वागत गर्दै धुमधामका साथ ल्होसार मनाउँदैछन् ।





मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।