मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बन्धक बनाएर सामूहिक बलात्कार प्रकरण : आरोपीलाई उम्काउन खोज्ने प्रहरी जवान पक्राउ

बन्धक बनाएर सामूहिक बलात्कार प्रकरण : आरोपीलाई उम्काउन खोज्ने प्रहरी जवान पक्राउ

मेगा खबर संवाददाता

२४, भाद्र २०७७
  • 2.9K
    SHARES

  • बन्धक बनाएर सामूहिक बलात्कार प्रकरण :  आरोपीलाई उम्काउन खोज्ने प्रहरी जवान पक्राउ

    कंचनपुर ।  कञ्चनपुरमा १६ बर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवानलाई कारबाही गरिएको छ।

    ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश सिंहले रोकायार्लाइ नियन्त्रणमा लिएको बताए।

    घटना सामसुम पारी आरोपीलाई उम्काउन उनले मिलेमतो गरेको आरोप लागेको छ। १४ भदौदेखि बेपत्ता किशोरी ५ दिनपछि फेला परेकी थिइन्। बालिकालाई १९ भदौमा बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो।

    स्थानीय मनमोहन सिंह साउदलगायत ५÷६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागुऔषध सेवन गराउँदै बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्।

    सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै साउद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार अन्यको खोजी भइरहेको छ। 

    बुधवार, भाद्र २४ २०७७१२:२०:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार