मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म हल वैशाखदेखि सञ्चालनमा आउने

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म हल वैशाखदेखि सञ्चालनमा आउने

मेगा खबर संवाददाता

१४, फाल्गुण २०७९
  • 1.4K
    SHARES

  • दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म हल वैशाखदेखि सञ्चालनमा आउने

    काठमाडौँ,  फागुन  १४,

    ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेस्वरमा निर्माण गरिरहेको मल्टिप्लेक्स फिल्म नयाँ बर्ष अर्थात २०८० को बैशाखमा आउने भएको छ ।

    आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो । शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । ‘छक्कापञ्जा ४’ले फागुन १९ लाई प्रदर्शन मिति घोषणा गरिसकेकाले दीपक-दीपाकै हलमा उक्त फिल्मको ओपनिङ हुनेछैन ।

    दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । वैशाख १ गते रिलिज हुने फिल्महरु जारी, नाइँ नभन्नु ल ६ र भगवत् गीताको कारण यो नयाँ हलले राम्रैसँग दर्शक तान्ने अपेक्षा छ । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका काठमाडौंमा योसहित दुई फ्रेन्चाइज पुगेका छन् भने यसअघि पोखरा, बुटवल र चितवनमा पनि हलले आउटलेट विस्तार गरेको छ ।

    छक्कापञ्जा ४’को बाँकी छायांकन पुस १ गतेदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता गिरीले काठमाडौं र उपत्यकाबाहिर केही ठाउँमा बाँकी सुटिङ हुने जनाए । 

    आइतवार, फाल्गुण १४ २०७९०१:११:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार