मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

१० महिनामै टुट्यो नायिका वर्षाको विवाह

१० महिनामै टुट्यो नायिका वर्षाको विवाह

मेगा खबर संवाददाता

३०, फाल्गुण २०७९
  • 931
    SHARES

  • १० महिनामै टुट्यो नायिका वर्षाको विवाह

    काठमाडौं, फागुन ३०

    अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् ।

    वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।

    विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर पोस्ट गरेकी थिइन् । अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्काेलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै गसिप बने । त्यही बीचमा वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट पनि गरिन् ।

    अहिले आशिषले विवाह गर्नुको पछाडि वर्षासँग सम्बन्ध बिच्छेद भइसकेको बताइन्छ ।

    मंगलवार, फाल्गुण ३० २०७९०४:३३:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार