गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ ।
गीतको भिडियोमा गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथ दिएकी छन् । भिडियोमा बुनिएको कथामा म उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’गायक रौनियारले भने, ‘डिजिटल समयमा समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’ अभिनेत्री ढुङ्गानाले आफूले भिडियो निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै संदेश पनि दिने बताइन् ।
‘गृहणीको भूमिका मार्फत दैनिकीमा देखिने समस्या र सामाजिक दायित्वलाई मैले उजागर गर्नेछु ’ अभिनेत्री ढुंङगानाले भनिन् ।कार्यक्रममा कुन्ति मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो । निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ । भिडियोमा हरि हुमागाइँको छायाङ्कन र विकास धमलाको सम्पादन छ ।
गायक रौनियारका छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीत हिट छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।