काठमाडौं, वैशाख ६
राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ । फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो ।
कालिन्चोकमा गीतको बिहानैदेखि सुटिङ सुरु भएको छ । गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ । निर्माण युनिटले सुटिङ स्थलबाट सार्वजनिक गरेको तस्बिरमा पनि नम्रता र गौरव रोमान्टिक मुडमा देखिएका छन् । अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।
नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताको अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।
भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन फिल्ममा रहने छ ।
विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, मुख्य सहायक निर्देशकमा जीवन गौतम छन् । ‘नम्बरी सुन’लाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दै छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।