काठमाडाैँ, बैशाख २६
टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईं बुधवार विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ । विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ ।
विवाह अगाडि सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई लुकाउँदै आएका उनीहरुले इन्गेजमेन्ट अगाडिमात्र प्रेम सार्वजनिक गरेका थिए । ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो ।
विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । अहिले विक्की ‘कमेडी वीथ च्याम्पियन’ को निर्देशन गर्छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।