काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसीको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ६४ औँ जन्मदिन मनाउदैछन् ।
जन्मदिनको अवसरका उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । काठमाडौंमा जन्मेका भुवन चलचित्र क्षेत्रका एक सफल अभिनेताको रुपमा परिचित छन् । चलचित्र जुनिबाट अभिनय यात्रा शुरु गरेका भुवन चलचित्र क्षेत्रमा चर्चित र विवादित व्यक्तित्व हुन् ।
चलचित्र क्षेत्रबाट धेरै दर्शकको मन जित्न सफल भुवनले नेपालि बाबु, सपना, सम्जना म तिमि बिना मरिहाल्छु ,विरासत, बादलपारि, चोर सिपाहि,करोण पति, राजु राजा राम, राको, मानिस, लगायतका धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।
उनको जीवनमा थुप्रै युवतीको नाम जोडिए । यस्मा पछिल्लो पटक नायिका जिया केसीको नाम अग्रपंत्तीमा छ । भुवन र जिया केही वर्षदेखि एकसाथ बसिरहेका छन् ।
ड्रिम्सबाट निर्माता निर्देशकको रुपमा नाम चर्चामा आएका उनी अभिनेत्री साम्राज्ञी आर एल शाहसँगको लफडाका कारण धेरै तनावमा आए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।