काठमाडाैँ, जेठ ४ कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवाना श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ ।
दुई परिवारको सहभागितामा जेठ १ गते काठमाडौँमा एक समारोहबीच जयवीरसिंह र शिवानाबीच इन्गेजमेन्ट भएको हो ।जयवीरसिंह देउवाका एक्ला सन्तान हुन् भने शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।
जयवीरसिंह र शिवानीको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत दिएकी हुन् । देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।