मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

विवाह बन्धनमा बाँधिदै प्रियंकाकी सासु रविना

विवाह बन्धनमा बाँधिदै प्रियंकाकी सासु रविना

  • 1.0K
    SHARES

  • विवाह बन्धनमा बाँधिदै प्रियंकाकी सासु रविना

    काठमाडौँ,असार  ४  गते नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् ।

    उनले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न आटेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् । रविनाको मेहेन्दी समारोह भने सम्पन्न भइसकेको छ ।

    तर अहिलेसम्म उनी लगायत उनको परिवारका कोही पनि सदस्यले उनको मेहेन्दी समारोहको तस्बिर सार्वजनिक भने गरेका छैनन् । मेहेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियो बाहिरिएपछि उनले विवाह गर्न लागेको पुष्टि भएको हो । मेहेन्दी समारोहमै रविनाले प्रेमीलाई जोसिलो चुम्बन गरेकी छन् ।

    २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । उनको इन्गेजमेन्टमा उपस्थित छोरा आयुषमान र बुहारी प्रियंकाले उनलाई बधाई दिएका थिए ।

    प्रेम सम्बन्ध सार्वजनिक गरेपछि रविना केही दिन प्रेमीसँग बेलायत बस्न गइन् । केही दिन बेलायत बसेर उनी नेपाल फर्केकी हुन् । सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् । 

    सोमवार, आषाढ ४ २०८००१:२०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार