मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक

हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक

मेगा खबर संवाददाता

२, श्रावण २०८०
  • 967
    SHARES

  • हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक

    काठमाडौं, साउन २ गते, नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् ।

    यस गीतमा दुई चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्मारिका ढकाल, दीपा शाही,सुशीला थापा,आभा थापा र बिना राउतलगायत कलाकारको अभिनय छ । 

    अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी छ । सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो ।

    नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई नोभिस आर्टसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

     

    मंगलवार, श्रावण २ २०८०१२:३४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार