मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आजको राशिफल : मंगलबार विशेष

आजको राशिफल : मंगलबार विशेष

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 2.8K
    SHARES

  • आजको राशिफल : मंगलबार विशेष

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पु¥याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    आज मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्यपनि अघि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    आज व्यवसायका लागि यात्राको सम्भावना पनि छ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामानपनि हराउन सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    आज धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    आज लक्ष्मी प्रसन्न हुने योगछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समयपनि छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

     

    मंगलवार, आश्विन ६ २०७७०६:१३:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार