मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कलाकार ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

कलाकार ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

मेगा खबर संवाददाता

१०, भाद्र २०८०
  • 1.2K
    SHARES

  • कलाकार ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं, कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो ।

    आज बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।

    ताम्राकारको पार्थिव शरिरमा कलाकार,आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार आर्यघाटमा उपस्थित थिए । यस्तै कलाकारहरु धीरेन शाक्य,सृष्टि श्रेष्ठ,मलिना जोशीलगायत पनि आर्यघाट पुगेका थिए ।

    ताम्राकारको निधन ७४ वर्षको उमेरमा शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौला सम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग खेपेका थिए ।

    आइतवार, भाद्र १० २०८००१:०७:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार