मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा

प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा

मेगा खबर संवाददाता

२६, भाद्र २०८०
  • 826
    SHARES

  • प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा

    काठमाडौं, भदौ २६ गते,गायक प्रकाश सपुतले २ दिनअघि मात्रै तीज गीत सार्वजनिक गरेका छन् । सार्वजनिक भएको भोलिपल्टै प्रकाशको गीतले युट्युबको एक नम्बर ट्रेन्डिङ कब्जा गर्यो। गीतले राम्रो चर्चा पायो ।

    तर, प्रकाशको गीतको चर्चासँगै बिरोध पनि भयो । ‘जाले रुमाल फाट्यो’ बोलको गीतको भिडियोमा उनले एक संवाद राखे । जुन संवादले गीतको स्टोरीसँग कुनै अर्थ राख्दैनथ्यो । उक्त संवादको चर्को आलोचना भयो। 

    आलोचना चर्किएपछि प्रकाशले भिडियोबाट उक्त संवाद हटाएका छन् । प्रहरी अफिसर्स बनेकी स्वस्तिमा खड्का र प्रकाश सपुतविचको एक संवाद हटाइएको हो । समीक्षा अधिकारीको स्वरमा समावेश गीतको भिडियोमा स्वस्तिमा खड्का,आँचल शर्मा, गौरव पहारी, विशाल पहारी र प्रकाश सपुतको अभिनय छ ।

    भिडियोबाट हटाइएको उक्त संवाद युट्युबबाट हटेपनि टिकटकमा भने भाइरल भैसकेको छ । गायक सपुतका गीतमा यसप्रकारका विवाद यस अघि पनि हुने गरेका थिए ।

    मंगलवार, भाद्र २६ २०८००५:२३:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार