मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

मेगा खबर संवाददाता

११, आश्विन २०८०
  • 1.1K
    SHARES

  • अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

    काठमाडौँ, अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् ।

    केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’उनले भनिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

    एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

    बिहिवार, आश्विन ११ २०८००८:१५:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार