सुरेश तिमल्सिना,
काठमाडौं, असोज १९ गते स्वीट्जरल्याण्ड निवासी लोकप्रिय गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ ।
सो गीत गायक सुन्दासको आफ्नै युट्युब च्यानलबाट गत भदौ २९ गते शुक्रबार सार्वजनिक गरेका हुन् । गित मार्फत श्रोतालाई बिषयवस्तुमा डुबाउन मद्दत गर्ने,संघर्षको चित्रण गर्दै एक व्यक्तिको भावनाहरू द्वन्द्वपूर्ण छन् । इच्छाहरू र अनिश्चितताहरू बीच फाटेका छन् ।
यसको वास्तविक चाहना वा आकांक्षाहरू निर्धारण गर्न चुनौतीपूर्ण बनाउने आशाका साथ गितको बोल ´मन` राखिएको सुन्दास बताउँछन् । उक्त गीतमा स्विट्जरल्याण्डमा रहेका संगीतकार रामु परियारको शब्द संगीत रहेको छ । मान्छेको चन्चल स्वभावको मनबारे चित्रण गर्दै गितलाई उत्कृष्ट बनाईएको छ । गीतको म्युजिक भिडियोलाई बिकास तामाङ्ले निर्देशन गरेका छन् । ´मन` बोलको गितले धेरै दर्शकश्रोताको मन जितेपछि यतिबेला सुभाषको मन पनि प्रफुल्ल भएको छ ।
सुभाष संगीत क्षेत्रमा १४ बर्षदेखी प्रवेश गरेका हुन् । शुरुमा वाद्ययन्त्रहरू बजाउन र आफ्नै सङ्गीत बनाउन थालेका उनले विद्यार्थी जिवनमा समेत विभिन्न प्रस्तुति दिदै आईरहेका थिए । उनी अहिलेपनी संगीतकै निम्ति समय - समयमा नेपाल आईरहन्छन । उनी भन्छन नेपालमा घर फर्किदा हाम्रो ´द पिस`नामक ब्यान्ड थियो हामीले लोक र रक संगीतको फ्युजन गर्यौं ।
उनको पहिलो एल्बम ´उडन देउ` नोभेम्बर २०१५ मा रिलिज भएको थियो । यसैगरी उनको ´माया हो` बोलको गित गीत नेपालको १८ औं छवि अवार्डमा उत्कृष्ट स्वर प्रदर्शन पुरुष पप विधामा र हिट्स एफएम म्युजिक अवार्ड २०१६ मा उत्कृष्ट एल्बम विधाको लागि मनोनीत भएको थियो ।
उनको स्वीट्जरल्याण्डमा आफ्नै ब्यान्ड छ जसमा उनी सहित,रामु परियार र प्रभात नेपाली रहेका छन् । अहिले उनको ब्यान्डले जर्मन,नेदरल्यान्ड,डेनमार्क,स्वीट्जरल्याण्ड,स्पेन,साईप्रस,बेलायत,फ्रान्स लगायत विभिन्न युरोपेली मुलुकमा सुभाषको संगितले सुवास छरिरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।