काठमाडौँ, कात्तिक २४ गते, प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ ।
बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन् ।
उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरेका छन् । उनले लेखेका गीतहरु हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।
उनलाई आगामी मंसिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।