काठमाडौंँ, गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् ।
मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ । गीतमा शब्द तथा संगीत सपूत स्वयम्को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् ।
गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् । मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत,कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।