काठमाडौँ, पुस २० गते, सौन्दर्य प्रतियोगिता मिस नेपाल प्लेटर्फमबाट धेरै फिल्म अभिनयमा भित्रिएका धेरै छन् । केहीले परिचय बनाए,केही एक दुई फिल्मपछि हराए । तर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ ।
२०१७ की ‘मिस इन्टरनेशनल’ नीति शाह पनि पछिल्लो समय फिल्ममा भविष्य खोज्ने कसरतमै छिन् । तर उनको कसरत सफल हुन सकिरहेको छैन । किनभने उनी जुनजुन फिल्ममा जोडिन्छन् । त्यो फिल्म केही न केही कारणले रोकिएको देख्न सकिन्छ ।
मिस इन्टरनेशनल’ भएपछि उनको सुन्दरताको चर्चा चौतर्फी भएको थियो । त्यो समय थुप्रै प्रतिष्ठित ब्यानरले उनलाई फिल्म अफर गरेका थिए । त्यसबेला उनले फिल्ममा काम गर्ने इच्छा राखिनन् । अहिले फिल्म गर्न तयार छिन् । तर डेब्यु गर्न सकस परिरहेको छ । करिब आधा दर्जन फिल्ममा अनुबन्धित भइसक्ता पनि उनको डेब्यु हुन सकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।