काठमाडौँ, माघ २१ गते, अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् ।
हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् । एक वर्ष पहिले यो जोडीले इन्गेजमेन्ट गरेको थियो । परिवार र आफन्तको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । उनीहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले ‘मोक्ष’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । यस वर्ष उनी अभिनित ‘ऐंचोपैचो’ र ‘परस्त्री’ फिल्म रिलिज भए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।