सुरेश तिमल्सिना,
काठमाडौं, हास्य टेलिसिरियल सक्किगोनी टिमले ´लाज शरणम्` नामक चलचित्र निर्माण गर्ने भएको छ । केहि समयदेखि उक्त टिम चलचित्र लेखनमा ब्यस्त छ । पहिलो चरणको चलचित्र लेखनको कार्य समाप्त भएसंगै टिमले बुधबार बेलुकी बसन्त पञ्चमी र प्रेम दिवसको अवसर पारेर एक पोष्टर मार्फत चलचित्रको नाम सार्वजनिक गरेको छ ।
सामाजिक कथाबस्तुमा निर्माण हुनलागेको उक्त चलचित्र आगामी बर्षसम्म रिलिज हुने र सो चलचित्रमा हाल सक्किगोनीमा अभिनय गरिरहेका कलाकारहरु लगायत अन्य बाहिरी कलाकारहरु समाबेश हुने साथै चलचित्रको बारेमा बिस्तृत जानकारी क्रमश गराउदै जाने सक्किगोनिका निर्देशन,लेखक तथा कलाकार कुमार कट्टेल ´जिग्री`बताउछन् ।
हास्य टेलिसिरियल भद्रगोल मार्फत अभिनय यात्रामा होमिएको सोही टिमले सक्किगोनी सम्म आईपुग्दा कलाकारितामा करिब एक दशक समय बिताईसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।