मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द

कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द

मेगा खबर संवाददाता

२२, फाल्गुण २०८०
  • 634
    SHARES

  • कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द

    काठमाडौँ, फागुन २२ गते, कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ ।

    कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी दिए । शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको हो’ जितुले थपे ।

    शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला,दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष थिए ।

    ‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको यो शो यसअघि पनि पटक पटक बन्दै हुँदै पुन: सञ्चालन हुँदै आएको थियो । अहिले भने स्थायी रूपमा बन्द भएको जितुले बताए ।

    मंगलवार, फाल्गुण २२ २०८०१२:३५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार