मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

राष्ट्रिय कला सम्मानद्वारा बिक्रम गौतम सम्मानित

राष्ट्रिय कला सम्मानद्वारा बिक्रम गौतम सम्मानित

मेगा खबर संवाददाता

१५, चैत्र २०८०
  • 2.9K
    SHARES

  • राष्ट्रिय कला सम्मानद्वारा बिक्रम गौतम सम्मानित

    सुरेश तिमल्सिना

    काठमाडौं, चैत १५ गते, मेकअप आर्टिष्ट बिक्रम गौतम सम्मानित भएका छन् । अनामनगर स्थित सामाजिक विकास भवनमा  बुधबार संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न बिरिसु मिडिया प्रा.लि को दोस्रो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम २०८० मार्फत उनलाई राष्ट्रिय कला सम्मानद्वारा सम्मानित गरिएको हो ।

    बिक्रम लामो समयदेखि कलाकारिता क्षेत्रमा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आईरहेका छन् । नेपाली चलचित्र,म्युजिक भिडियो लगायत विभिन्न टेलिसिरियलमा मेकअप आर्टिष्टको रुपमा काम गर्दैआएका उनी अहिले हास्य टेलिसिरियल "सक्किगोनी" मा आबद्ध छन् ।

    राष्ट्रिय कला सम्मान प्राप्त गरेसंगै उनी आफुमा थप जिम्मेवारी थपिएको र त्यसलाई अझै अब्बल हुँदै पूरा गर्नेमा आफू निरन्तर लागिरहने उनी बताउँछन् ।

    बिहिवार, चैत्र १५ २०८००३:५०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार