मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा

चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा

मेगा खबर संवाददाता

१४, बैशाख २०८१
  • 793
    SHARES

  • चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा

    काठमाडौँ, वैशाख १४ गते, नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’आजबाट प्रदर्शनमा आएको छ ।

    फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी छन् ।

    महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी,सुपला सापकोटा,स्वेच्छा राउत,सुलक्षण भारती,रमा थपलिया,सुष्मा निरौला,सबिन बास्तोलालगायतको अभिनय छ ।

    फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ भने टिफल्क फिल्मस्ले  देशभर वितरण गरेको हो । 

    शुक्रवार, बैशाख १४ २०८११२:१८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार