मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द

गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द

मेगा खबर संवाददाता

२७, बैशाख २०८१
  • 802
    SHARES

  • गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द

    काठमाडौँ, गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द छ । हल बन्द भए पनि गोपीकृष्णले हरेक वर्ष वितरण गर्दै आएको ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ भने बाँडिने भएको छ । गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्रालीले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको पुरस्कार आउँदो जेठ १९ गते काठमाडौँमा बाँडिने जानकारी दिएको हाे ।

    विज्ञप्तिमा उल्लेख भए अनुसार २३ प्रतिस्पर्धात्मक विधा र दीर्घ साधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा कार्यक्रममा पुरस्कृत र सम्मान बाँडिनेछ । ‘हिजोलाई सम्मान,आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारा रहेको अवार्ड विसं २०६९ सालबाट सुरु गरिएको हो । यो पटकको अवार्डमा २०८० मा प्रदर्शन भएका चलचित्र सहभागी हुने पाउनेछन् ।

    कार्यक्रम समारोहमा स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागिता रहने जनाइएको छ । ‘अवार्ड कार्यक्रमसँगै हामीले नेपाली र विदेशी चलचित्रको सहभागितामा जेठ २० मा ‘सुटिङ डेस्टिनेशन इन नेपाल’ शीर्षकमा छलफल गराउँदैछौँ । ‘हामी नेपाललाई चलचित्र छायाङ्कनको गन्तव्यको रूपमा विकसित गर्न यस्ता छलफल सहयोगी हुने विश्वास छ’,विज्ञप्तिमा उल्लेख छ ।

    बिहिवार, बैशाख २७ २०८१०५:२९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार