काठमाडौँ, असार ४ गते, भ्रष्टाचार विरोधी अभियान्तालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
अभियन्ताको नाममा गैरकानुनी रूपमा संस्था खोलेर ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।जिल्लाको गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामकको संस्था गैरकानुनी रूपमा खोलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार,२६ वर्षीय आदर्श क्षेत्री,२० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।