काठमाडौँ, असार १८ गते, नेपाल टेलिकमको प्रबन्धनिर्देशक पदको लागि अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति तय भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २०,२१ र २२ गते अन्तर्वार्ता र प्रस्तुतीकरण लिने भएको हो । बिहीबार अनन्त प्रकाश मल्लिक,अनिल कुमार झा र कमल लामिछानेको अन्तर्वार्ता हुँदै छ । शुक्रबार कृष्ण प्रसाद भण्डारी, केदारनाथ कोइराला,चिन्तामणि बराल,नगेन्द्र कुमार दास,प्रेम प्रसाद सिलवा र बुद्धि प्रसाद आचार्यले अन्तर्वार्ता दिनेछन् ।
शनिबार रमेश प्रसाद जोशी,राजेश जोशी,लक्ष्मण महर्जन,डा.विमल आचार्य,ई शालिकराम सुवेदी,डा.शालिग्राम पराजुली र संगीता पहाडी अर्यालको अन्तर्वार्ता र प्रस्तुतीकरण हुँदैछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।