मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बक्यौता रकम नतिर्ने उद्योगहरूको थालियो लाइन काट्न

बक्यौता रकम नतिर्ने उद्योगहरूको थालियो लाइन काट्न

मेगा खबर संवाददाता

२६, आषाढ २०८१
  • 562
    SHARES

  • बक्यौता रकम नतिर्ने उद्योगहरूको थालियो लाइन काट्न

    काठमाडौँ,  विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स,घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले आजसम्मको अल्टिमेटम दिएको थियो ।

    मंगलबार बेलुकासम्ममा बक्यौता बापतको रकम नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ६१ वटा उद्योगले साढे ६ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समितिले सिफारिस गरेको थियो । तर प्रमाण पुर्‍याएर रकम लिन पर्ने समितिले गरेको सिफारिस बमोजिम उद्योगीले बिलको प्रमाण पेस गर्न भनिरहेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर व्यवसायीहरूलाई धम्क्याउने काम गरेको उद्योगीहरूले आरोप लगाएका छन् । 

    बुधवार, आषाढ २६ २०८१०७:४६:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार