काठमाडौं, साउन ४ गते, प्रविधिमा आएको गडबढीले विश्वभरका उडान,मुख्य बैंक र मिडियामा समस्या आएको छ ।
अस्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ ।
माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी दिएको छ । माइक्रोसफ्टको अप्रेसन सिस्टममा आएको समस्याका कारण भारतमा इन्डिगो,अकासा एयर,स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसको बुकिङ र चेक–इन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।