काठमाडौँ, बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए ।
उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिनाको रूपमा उल्लेख गरेका थिए । शुक्रबार दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।