मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

चीन भ्रमण नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

चीन भ्रमण नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

मेगा खबर संवाददाता

१९, मंसिर २०८१
  • 658
    SHARES

  • चीन भ्रमण नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

    काठमाडौँ, मङ्सिर १९ गते नेपाल र चीनबीच 'फ्रेमवर्क फर बिआरआ‌ई' कोअपरेसनमा सम्झौता भएको छ। 

    बुधबार बिहान दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन् । यसअघि तयार पारिएको फ्रेमवर्कको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको ठाउँमा ‘एड फाइनान्सिङ’ राखेर हस्ताक्षर गरिएको छ । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए ।

    चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा रहेका तेस्रो दिन यो सम्झौता भएको हो । 

    बुधवार, मंसिर १९ २०८१०२:४१:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार