काठमाडौं, काठमाडौंका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ बानेश्वर फिडर अन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर,बानेश्वर,जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ । माघ १५ गते गोठाटार जोरपाटी फिडर अन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ कुलेश्वर फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।